Saturday, April 12, 2008

सबैलाई हँसाउने चंखेको निधनमा रुने कोही भएन

विदुर गिरी, (काठमाडौं)। मनभरि जति पीडा र वेदना भए पनि सधैं सबैलाई हँसाएर चंखेका रूपमा परिचित ख्यातिप्राप्त हास्य अभिनेता गोपालराज मैनालीको निधनमा आँसु झार्ने कोही भएन। निमोनियाले गाँजेपछि ४२ दिनदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका मैनालीको शनिबार राति साढे बाह्र बजे अस्पतालमै निधन भएपछि उहाँका पछाडि रुने कोही भएन। उहाँकी श्रीमती सरिता र नायिका छोरी सज्जा मैनाली अमेरिकामा र जेठी छोरी सच्ची तथा बुहारी पनि विदेशमा रहेकाले आफ्ना परिवारसँग जीवनका अन्तिम कुरा गर्ने मौकासमेत मैनालीले पाउनु भएन। जीवनको अन्तिम समयमा उहाँका भावना साट्ने र स्याहारसुसार गर्ने सहयोगीका रूपमा केवल उहाँका एकमात्र छोरा सजीव मात्र भेटिए। बाबु अचेत भएर अस्पतालको शय्यामा पल्टिरहँदा सजीवकै भर थियो मैनालीलाई। भेन्टिलेटरको सहायतामा जीवन र मृत्युसँग लडिरहनुभएका मैनाली घरी अचेत हुने त घरी होसमा आउने गरिरहनुभएको थियो। यति चाँडै बाबुलाई दागबत्ती दिनुपर्ला भन्ने सजीवलाई लागेकै थिएन। ँहिजोमात्र बुबा होसमा आउनुभएको थियो, बोल्न थाल्नुभएको थियो। ब्रस पनि आफै गर्नुभएको थियो तर आजै यस्तो भइदियो’ -मैनालीको निधनपछि अस्पतालको मूल ढोकामा उभिएर नेपाल समाचारपत्रसँग सजीवले भन्नुभयो। चिकित्सकले मैनालीको निधन भएको घोषणा गर्नासाथ उहाँका आफन्तजन र छरछिमेकी अस्पतालमा भेला भएका थिए। उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान वा कतै राख्ने सल्लाह भएको थियो। तर मैनालीकै साली ममताले ँहामीलाई मिडिया र कलाकारको मतलब छैन, हाम्रो मान्छे हो, हामी आफ्नै हिसाबले तुरुन्तै दाहसंस्कार गर्छौं’ भन्दै कड्किएपछि उहाँलाई एउटा जीपमा राखेर पशुपति आर्यघाट पुर्याइएको थियो।
//Welcome to this blog// //Please you provide your valuable time to sign my guestbook at the base// //best of luck for visiting my blog//
Guestbook
Your name? **
Your suggestions for improving my homepage:
Is this your first visit to my homepage?
Yes
No
This message is private