Friday, October 17, 2008

दौरा सुरुवा अभियानमा गोर्खाल्यान्ड

३०-असोज-२०६५,बिहिवार गोर्खाल्यान्डको माग गर्दै दार्जलिङ्गमा दौरा सुरुवाल र गुन्यु चोलि लगाउने अभियान नै चलेको छ। शान्तिपूर्ण आन्दोलनमा उत्रिएको दार्जलिङवासीहरु आफ्नो पहिचानलाई आन्दोलनको कार्यक्रम बनाइरहेका छन् भने यता नेपालमा भने आफ्नो राष्ट्रिय पोशाकलाई सरकारका नेतृत्वकर्ताहरुले नै मिल्काएका छन्। स्वायत्त राज्यको माग गर्दै दार्जलिङ्गवासीहरु नेपालको पहिचमान बोकेको पोसाक दौरासुरुवाल, ढाका टोपी र गुन्यूचोली लगाउन आह्वान गरिमात्र रहेका छन्, सबैले यो अभियानमा हातमा हात मिलाएका छन्। काठमाडौंका दौरा सुरुवाल सिलाउने टेलरिङ्ग सेन्टरहरु समेत यतिखेर दार्जलिङ्गको दौरा सुरुवालको अडर पुरा गर्न व्यस्त छन्। भने कतिपय नेपालीहरु दार्जलिङ्गको यो अभियानका लागि दौरा सुरुवाल सिलाउन पुगेका छन्। यता संविधान बनाउन चुनियका सभासद्हरु भने रंगी बिरंगी पोसाकमा संविधानसभामा पुगेका हुन्छन्। स साना निहुँमा पनि नाराबाजी हुन्छ। नेपाल बन्द र टायर बाल्ने काम गरिन्छ। दार्जलिङ्गवासीले आन्दोलनलाई आफ्नो सस्कृति बचाउने अभियानसँग जोडेका छन्। यसबाट नेपाली हुँ भनेर गर्व गर्नेले पाढ सिक्नु पर्ने सस्कृतिविद्हरु बताउँछन्। नेपाल बाहिरको नेपालीमा नेपाली पहिचानको कस्तो महत्व छ भन्ने उदाहरण यतिबेला दार्जलिङ्गमा देख्न पाइन्छ। तर नेपालमा भने परम्परा संस्कृति र रितिरिवाज लोप हुदै गएको छ।

Tuesday, September 16, 2008

सन् १९५० मा नेपाल र भारतबीचको सन्धि पुनरावलोकन

३१-भदौ-२०६५,मंगलवार काठमाडौं। नेपाल र भारतबीच सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गरी नयाँ सन्धि प्रतिस्थापन गर्न दुई देशबीच संयुक्त कार्यदल बनाइने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा आज संयुक्त रुपमा सार्वजनिक गरिने दुई देशबीचको सहमतिमा यस्तो उल्लेख रहेको स्रोतले बताएको छ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी डा. मनमोहन सिंहबीच १५ बुँंदे सहमति भएको र भाषागत असहमतिका कारण वक्तव्य आउन नसकेको बताइएको छ। सन्धि पुनरावलोकन गर्न एक महिनाभित्र गृह, परराष्ट्र, वाणिज्य र जलस्रोत सचिवस्तरको बैठक बस्ने र त्यसले सन्धिको पुनरावलोकन गर्ने सहमति भएको छ। भारतले नौमुले विद्युत् आयोजनामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै दुई सय ४५ मेगावाट जलविद्युत् परियोजना उपहारस्वरुप बनाइदिने सहमति जनाएको पनि स्रोतले जनाएको छ। कोसीबाँध पीडितहरुको सहयोगका लागी भारतले २० करोड रुपैयाँ सहयोग र पेट्रोलियम पदार्थको आपूर्तिका लागि एक अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिजो नै संयुक्त वक्तव्य आउने भनिए पनि प्रधानमन्त्री प्रचण्ड राजनीतिक भेटघाटमा व्यस्त रहेकाले संयुक्त वक्तव्य आज सार्वजनिक गरिन लागेको हो। यसैबीच प्रधानमन्त्री प्रचण्ड आज पनि राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ। उहाँले आज बिहान सूचना र प्रविधिको शहर ब्याङ्लोरको भ्रमण गर्दै हुनुहुन्छ। त्यहाँ रहँदा उहाँले भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको निरीक्षण गर्नुका साथै भारतीय उद्योग परिसंघले आयोजन ागर्ने कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ। प्रधानमन्त्रीको आजै साँझ ६ बजे कर्नाटाक राज्यका मुख्य मन्त्रीले आयोजना गर्नुभएको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ। बैंग्लोरबाट प्रधानमन्त्री दाहाल भोलि बिहान नयाँदिल्ली फर्कने र भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।वीकली नेपाल बाट लिएको न्यूज़!!!!!!

Wednesday, September 10, 2008

विश्वका वैज्ञानिकहरुद्वारा ठूलो परिक्षण सुरु

२५-भदौ-२०६५,बुधवार आजदेखि संसारमै पहिलोपटक सबैभन्दा ठूलो बैज्ञानिक परिक्षण सुरु भएको छ । विश्वका सयभन्दा बढी देशका वैज्ञानिकहरु यो परिक्षणमा सामेल रहेका छन। यस परिक्षणको मूल उद्धेश्य १४ अर्ब बर्ष पहिला ब्रह्माण्डको उत्पत्तिको परिस्थिको अध्ययन गर्नु रहेको छ। यसका लागि स्विटजरल्याण्ड र फ्रान्सको सिमानामा जमिन भन्दा १७५ मिटर तल २७ किलोमिटर लामो सुरुङ अर्बौं डलर खर्च गरेर पछिल्लो २० बर्ष देखि विश्वकै ठूलो प्रयोगशाला निर्माण गरिएको छ। वैज्ञानिकहरुले यस परिक्षणबाट आउने आँकडाको अध्ययन पनि बर्षौंसम्म चल्ने बताएका छन। यस परिक्षणको बिषयलाई लिएर संसारका केहि भागमा ब्ल्याक होल निर्माण हुने र यसले पृथ्बिलाई खतरा हुने केहिको अनुमान रहेको छ। तर यससँग सम्बन्धित बैज्ञानिकहरुले यसको प्रयोग पूर्णरुपमा सुरक्षित हुने र कुनैपनि असर नपर्ने जनाएका छन। यो परिक्षण नेपाली समय अनुसार आज दिउँसो सवा १ बजेबाट सुरु भएको हो । यस प्रयोगका लागि प्रोटोनलाई एउटा गोलाकार सुरुङ्भित्र दुई बिपरित दिशाबाट पठाईने छ। यसको गति लगभग प्रकाशको गतिसँग बराबर हुनेछ भने प्रोटोनले एघार हजार भन्दाबढि परिक्रमा पूरा गर्ने बैज्ञानिकहरुले बताएका छन। यस प्रक्रियाको समयमा प्रोटोनहरु केहि मह्त्वपूर्ण स्थानमा आपसमा ठक्कर खानेछन र यो बिचमा ६० करोड भन्दाबढि घट्ना हुने बताइएको छ। यसबेला प्रतिसेकेण्ड सय मेगाबाईट भन्दाबढि आँकडालाई एकत्रित गर्न सकिने र यसबाट ब्रह्माण्ड कसरी बनेको हो त्यसको रहस्य पत्ता लाग्ने बैज्ञानिकहरुको भनाई छ।वीकली नेपालबाट लिएको न्यूज़

Saturday, September 6, 2008

सरकारद्वारा हलियाप्रथा उन्मूलनको घोषणा

सरकारले शनिबारबाट लागू हुने गरी हलिया प्रथाको उन्मूलनको घोषणा गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले हलियाका सबै ऋण स्वतः मिनाहा हुने गरी हलिया मुक्तिको घोषणा गरेको हो।मुक्तिको माग गर्दै राजधानीको माइतीघरस्थित मण्डलामा नौ दिनदेखि हलियाहरुले धर्ना दिएका थिए। शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्माले मण्डलामै गएर हलिया राम बहादुरलाई अबिर लगाएर हलिया मुक्तिको घोषणा गर्नुभयो। यसअघि शुक्ररबार बेलुकी शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको हलियाको मुक्ति तथा पुनर्स्थापनासम्बन्धी पाँचबुँदे सहमति भएको थियो। सहमतिपत्रमा हलियाका सबै ऋण मिनाहा गरेर मुक्तिको घोषणा गर्ने, आन्दोलनरत हलियाहरुको माग पूरा गर्न कार्यदल गठन गर्ने र मुक्त भएका हलियालाई जमिनदारबाट हुनसक्ने खतरालाई ध्यान दिँदै सुरक्षाको व्यवस्था गर्ने उल्लेख छ। यसैगरी कार्यदलले मुक्त हलियाको पुनर्स्थापनाका लागि १५ दिनभित्र प्याकेज तयार गर्ने र बदलामा मुक्त हलियाहरुले आन्दोलन फिर्ता लिने सहमति पनि भएको थियो। सहमतिअनुसार आजै श्रम, भूमिसुधार र शान्तिमन्त्रालयका १–१ जना तथा मुक्त हलियाका तर्फबाट ६ जना प्रतिनिधि रहने गरी नौ सदस्यीय कार्यदलसमेत गठन गरीएको छ। मध्य र सुदूरपश्चिमका जिल्लाहरुमा बँधुवा मजदुरको रुपमा हलिया राख्ने चलन छ। वीकली नेपालबाट लिएको समाचार

Sunday, August 31, 2008

तीन उपप्रधानसहित मन्त्रिमण्डल विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। तीन उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको सँख्या थपेर २३ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको हो। नवनियुक्त भएका मन्त्रीहरुलाई आइतबार प्रधानमन्त्री दाहालले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथ गराउनुभएको छ। सपथ ग्रहण समारोहमा संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु, सभाध्यक्षलगायतको उपस्थिति रहे पनि सपथ ग्रहण समारोहमा आफूहरुलाई अपमान गरेको भन्दै पत्रकारहरुले भने बहिष्कार गरेका छन्। माओवादीबाट सपथ लिएका मन्त्रीहरुमा मातृका यादव–भूमिसुधारमन्त्री, पम्फा भुसाल–सामान्य प्रशासन, हिसिला यमी–पर्यटन, लेखराज भट्ट–श्रममन्त्री, गोपाल खुम्बु–संस्कृति तथा राज्यपुनर्संरचनामन्त्री छन्। यस्तै जनमोर्चाका गिरिराजमणि पोखरेल–स्वास्थ्यमन्त्री, सद्भावनाका राजेन्द्र महतो–वाणिज्य तथा आपूर्ति, नेकपा संयुक्तका गणेश शाह–विज्ञान तथा प्रविधि र नेकपा मालेका–डम्बरबहादुर श्रेष्ठ छन्। सत्ता साझेदार मुख्य तीन दलहरुको एक–एक जना उपप्रधानमन्त्रीसहित आइतबार दोस्रो चरणको मन्त्रिमण्डल विस्तार भएको हो। माओवादी, एमाले र फोरमका शीर्ष नेताहरुवीच भएको सहमतिअनुसार तीन वटै पार्टीका १–१ जना उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डललाई पूर्णता दिइएको हो। एमालेले मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीसहित दोस्रो वरीयता पाउने छ भने माओवादी र फोरमको पनि एक–एक वटा उपप्रधानमन्त्री रहने छन्। मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्रीको व्यवस्था भएको यो पहिलो पटक हो। नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन्। यसैबीच मन्त्रिपरिषदको बैठकले मन्त्रालयलाई कामको प्रकृतिअनुसार छुट्याउने निर्णय गरेको छ। बैठकले उद्योग र वाणिज्यमन्त्रालयलाई छुट्टाछुट्टै बनाएको छ। त्यसै गरी शिक्षामन्त्रालयअन्तर्गत रहेको खेलकुदलाई अहिले युवा मन्त्रालयसँग राखिएको छ भने शिक्षामन्त्रालय छुट्टै बनाइएको छ। यस्तै संस्कृति तथा राज्य पुनर्संरचना, कानुन न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालय थप गरिएको छ। बैठकले मन्त्रीहरुले विदेश भ्रमणमा पाउने भैपरी र भ्रमण भत्तालाई खारेज गरेको र सरकारले वैदेशिक अनुदानलाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।वीकली नेपालबाट लिएको समाचार

सहनी प्रहरी कारवाहीमा मारिए

काठमाडौं बम काण्डका मुख्य योजनाकार मानिएका तराई आर्मी नामक भूमिगत सशस्त्र समूहका केन्द्रीय अध्यक्ष मिस्टर जोन अर्थात कौशलकुमार सहनी आज बिहान रौतहटमा प्रहरी कारबाहीमा मारिएका छन्। प्रहरीको मस्ट वान्टेड सूचीमा समेत रहेका मिस्टर जोनले गत भदौ १६ गते राजधानीका छुट्टाछुट्टै स्थानमा तराई आर्मीले गराएको विस्फोटमा तीनजनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए। रौतहटको रघुनाथपुरस्थित सहनीको घरमा आज बिहान साढे ३ बजेतिर प्रहरीले गरेको कारबाहीमा उनी र उनका अंगरक्षक महन्त सहनी मारिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथबाट दुईवटा पेस्तोल नौ थान गोलीसमेत बरामद गरेको छ। वीकली नेपालबाट लिएको समाचार

Friday, August 22, 2008

प्रधानमन्त्रीद्वारा सम्बोधन- राष्ट्रिय एकतामा जोड।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै नयाँ सरकारको कार्यक्रमका बारेमा जानकारी दिनुभएको छ। नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा र संवर्द्धनलाई सर्वाधिक महत्व दिनु आवश्यक रहेको उहाँले आफ्नो सम्बोधनमा बताउनुभएको छ। लोकतन्त्र र स्वतन्त्रतालाई व्यापक र दिगो बनाउन आम जनसमुदाय र नागरिक समाजको निरन्तर निगरानी, सहभागिता आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ। देशमा व्याप्त गरिबी, बेराजेगारी, असमानता र पराधीनताको अन्त्य गर्दै देशलाई छोटो भन्दा छोटो अवधिमा आर्थिक सामाजिक रुपमा समुन्नत बनाउने कुरामा राज्यको मुख्य ध्यान केन्द्रित गरिने उहाँले बताउनुभएको छ। राजनीतिक र आर्थिक क्रान्तिलाई साथसाथमा अघि बढाएर मात्र दिगो शान्ति कायम गर्न सकिन्छ भन्ने मान्यतालाई दह्रोसँग आत्मसाथ गरिने उहाँले बताउनुभएको छ। यसका लागि आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरुको अन्त्य र आधुनिक औद्योगिक अर्थतन्त्रको निर्माणमा मुख्य जोड दिँदै आवश्यक नीति निर्माण र कार्यान्वयनमा ध्यान दिइने उहाँले बताउनुभयो। अर्थतन्त्रको विकासमा राज्य, सरकारी र निजी क्षेत्रको समन्वयकारी भूमिका र सार्वजनिक निजी साझेदारीको मोडेललाई मुख्य नीतिका रुपमा अनुशरण गरिने पनि उहाँले बताउनुभयो। पुरा अंश

Wednesday, May 28, 2008

राजतन्त्र बिदा, मुलुक अब संघीय गणतान्त्रिक

नेपाल अब संघीय गणतान्त्रिक मुलुक भएको छ । संविधानसभाको जेठ १५ गते भएको पहिलो बैठकले 'गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस्' भन्ने मन्त्री परिषदको प्रस्ताव जेठ १५ गते राती ११ बजेर २५ मिनेट जाँदा बहुमतले पारित गरेपछि नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको हो । संविधानसभा बैठकमा उपस्थित ५६४ सदस्यमा प्रस्तावको पक्षमा ५६० र बिपक्षमा ४ जना सभासदले मतदान गरेका थिए । सरकारको प्रस्तावको पक्षमा राप्रपा नेपालका सभासदबाहेक सबै सभासदले मतदान गरेको थिए । संविधानसभा बैठकले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको प्रस्ताव पारित गरेपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सभासद केबी गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहलाई १५ दिनभित्र नारायणहिटी दरबार छोडाउन सभाको तर्फबाट सरकारलाई आदेश दिएका छन् । यसैगरी, गणतन्त्र कार्यन्वयन भएको खुसियालीमा सरकारले १६ र १७ गते राष्ट्रिय पर्वका रुपमा दुई दिने राष्ट्रिय बिदा दिने घोषणा गरेको छ । संविधानसभा बैठकमा सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा मन्त्री परिषद बैठकको गणतन्त्र कार्यन्वयन तथा त्यस सम्बन्धि ५ निर्णय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकोतर्फबाट गृहमन्त्री सिटौलाले पेस गरेका थिए ।

Thursday, May 15, 2008

६ सय १ लाई पाल्ने खर्च अर्बमा

देश सानो भए पनि सबैको भाषणमा कुरा ठूला, काममा कुरा धेरै गर्ने देश नेपालमा संविधान बनाउन पनि ठूलो टोलि गठन गरिएको छ। ६ सय १ को जम्बो टोलिलाई पाल्न पनि ठूलो धनरासी खर्चनु पर्ने भएको छ। ६ सय १ को टोलिका प्रत्येक सदस्यहरुलाई राष्ट्रले दिनुपर्नै सुविधाहरू:- मासिक – पारिश्रमिक १८ हजार २ सय ४० – धारा विजुली १ हजार २ सय ४८ – टेलिफोन २ हजार – आवास ६ हजार ५ सय – मसलन्द १ हजार – पत्रपत्रिका ३ सय – निजी सचिवालय ९ हजार अन्य सुविधाहरु – बैठक भक्ता २ सय (प्रतिबैठक) – यातायात १ सय ७५ (प्रतिबैठक) – जिल्ला भ्रमण खर्च : एक महिनाको पारिश्रमिक – फर्निचरः १५ हजार – विदेश भ्रमणः १ सय ५० युए डलर (प्रतिदिन) – स्वदेश भ्रमण ५ सय (प्रतिदिन) – दशैखर्चः एक महिनाको पारिश्रमिक (प्रतिदशै) त्यसैगरी संविधानसभाका अध्यक्ष, उपाध्यक्ष, दलहरुका नेता र सचेतकहरुको सुविधा सदस्यहरुको भन्दा डेढ गुना बढि हुने गर्दछ।

Thursday, May 8, 2008

ओलम्कि ज्योति सगरमाथामा, चीनद्वारा नेपाललाई धन्यवाद

चीनको राजधानी बेइजिङमा आयोजना हुन लागेको ओलम्पिक खेलको पूर्वसन्ध्यामा ओलम्पिक ज्योति विश्वको सर्वोच्च शिखरमा पुर्‍याउन सहयोग गरेकोमा चीनले नेपाललाई धन्यवाद दिएको छ। नेपाल सरकारलाई धन्यवाद दिँदै चिनियाँ प्रधानमन्त्रीले पठाउनुभएको पत्र बिहीबार नेपालका लागि चिनियाँ राजदूत जाङ जियालिनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हस्तान्तरण गर्नुभएको छ। चिनिया प्रधानमन्त्रीले पत्रमार्फत यस कार्यले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभएको छ। प्रधानमन्त्री कोइरालाले चिनियाँ राजदूतमार्फत चीनका प्रधानमन्त्री तथा राष्ट्रपतिलाई ओलम्पिक खेलको सफलताको कामना गर्दै पत्र पठाउनुभएको बालुवाटारस्रोतले बताएको छ।

Saturday, April 12, 2008

सबैलाई हँसाउने चंखेको निधनमा रुने कोही भएन

विदुर गिरी, (काठमाडौं)। मनभरि जति पीडा र वेदना भए पनि सधैं सबैलाई हँसाएर चंखेका रूपमा परिचित ख्यातिप्राप्त हास्य अभिनेता गोपालराज मैनालीको निधनमा आँसु झार्ने कोही भएन। निमोनियाले गाँजेपछि ४२ दिनदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका मैनालीको शनिबार राति साढे बाह्र बजे अस्पतालमै निधन भएपछि उहाँका पछाडि रुने कोही भएन। उहाँकी श्रीमती सरिता र नायिका छोरी सज्जा मैनाली अमेरिकामा र जेठी छोरी सच्ची तथा बुहारी पनि विदेशमा रहेकाले आफ्ना परिवारसँग जीवनका अन्तिम कुरा गर्ने मौकासमेत मैनालीले पाउनु भएन। जीवनको अन्तिम समयमा उहाँका भावना साट्ने र स्याहारसुसार गर्ने सहयोगीका रूपमा केवल उहाँका एकमात्र छोरा सजीव मात्र भेटिए। बाबु अचेत भएर अस्पतालको शय्यामा पल्टिरहँदा सजीवकै भर थियो मैनालीलाई। भेन्टिलेटरको सहायतामा जीवन र मृत्युसँग लडिरहनुभएका मैनाली घरी अचेत हुने त घरी होसमा आउने गरिरहनुभएको थियो। यति चाँडै बाबुलाई दागबत्ती दिनुपर्ला भन्ने सजीवलाई लागेकै थिएन। ँहिजोमात्र बुबा होसमा आउनुभएको थियो, बोल्न थाल्नुभएको थियो। ब्रस पनि आफै गर्नुभएको थियो तर आजै यस्तो भइदियो’ -मैनालीको निधनपछि अस्पतालको मूल ढोकामा उभिएर नेपाल समाचारपत्रसँग सजीवले भन्नुभयो। चिकित्सकले मैनालीको निधन भएको घोषणा गर्नासाथ उहाँका आफन्तजन र छरछिमेकी अस्पतालमा भेला भएका थिए। उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान वा कतै राख्ने सल्लाह भएको थियो। तर मैनालीकै साली ममताले ँहामीलाई मिडिया र कलाकारको मतलब छैन, हाम्रो मान्छे हो, हामी आफ्नै हिसाबले तुरुन्तै दाहसंस्कार गर्छौं’ भन्दै कड्किएपछि उहाँलाई एउटा जीपमा राखेर पशुपति आर्यघाट पुर्याइएको थियो।
//Welcome to this blog// //Please you provide your valuable time to sign my guestbook at the base// //best of luck for visiting my blog//
Guestbook
Your name? **
Your suggestions for improving my homepage:
Is this your first visit to my homepage?
Yes
No
This message is private