Friday, August 22, 2008

प्रधानमन्त्रीद्वारा सम्बोधन- राष्ट्रिय एकतामा जोड।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै नयाँ सरकारको कार्यक्रमका बारेमा जानकारी दिनुभएको छ। नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा र संवर्द्धनलाई सर्वाधिक महत्व दिनु आवश्यक रहेको उहाँले आफ्नो सम्बोधनमा बताउनुभएको छ। लोकतन्त्र र स्वतन्त्रतालाई व्यापक र दिगो बनाउन आम जनसमुदाय र नागरिक समाजको निरन्तर निगरानी, सहभागिता आवश्यक रहेकोमा उहाँले जोड दिनुभएको छ। देशमा व्याप्त गरिबी, बेराजेगारी, असमानता र पराधीनताको अन्त्य गर्दै देशलाई छोटो भन्दा छोटो अवधिमा आर्थिक सामाजिक रुपमा समुन्नत बनाउने कुरामा राज्यको मुख्य ध्यान केन्द्रित गरिने उहाँले बताउनुभएको छ। राजनीतिक र आर्थिक क्रान्तिलाई साथसाथमा अघि बढाएर मात्र दिगो शान्ति कायम गर्न सकिन्छ भन्ने मान्यतालाई दह्रोसँग आत्मसाथ गरिने उहाँले बताउनुभएको छ। यसका लागि आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरुको अन्त्य र आधुनिक औद्योगिक अर्थतन्त्रको निर्माणमा मुख्य जोड दिँदै आवश्यक नीति निर्माण र कार्यान्वयनमा ध्यान दिइने उहाँले बताउनुभयो। अर्थतन्त्रको विकासमा राज्य, सरकारी र निजी क्षेत्रको समन्वयकारी भूमिका र सार्वजनिक निजी साझेदारीको मोडेललाई मुख्य नीतिका रुपमा अनुशरण गरिने पनि उहाँले बताउनुभयो। पुरा अंश

No comments:

//Welcome to this blog// //Please you provide your valuable time to sign my guestbook at the base// //best of luck for visiting my blog//
Guestbook
Your name? **
Your suggestions for improving my homepage:
Is this your first visit to my homepage?
Yes
No
This message is private