Wednesday, May 28, 2008

राजतन्त्र बिदा, मुलुक अब संघीय गणतान्त्रिक

नेपाल अब संघीय गणतान्त्रिक मुलुक भएको छ । संविधानसभाको जेठ १५ गते भएको पहिलो बैठकले 'गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस्' भन्ने मन्त्री परिषदको प्रस्ताव जेठ १५ गते राती ११ बजेर २५ मिनेट जाँदा बहुमतले पारित गरेपछि नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको हो । संविधानसभा बैठकमा उपस्थित ५६४ सदस्यमा प्रस्तावको पक्षमा ५६० र बिपक्षमा ४ जना सभासदले मतदान गरेका थिए । सरकारको प्रस्तावको पक्षमा राप्रपा नेपालका सभासदबाहेक सबै सभासदले मतदान गरेको थिए । संविधानसभा बैठकले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको प्रस्ताव पारित गरेपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सभासद केबी गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहलाई १५ दिनभित्र नारायणहिटी दरबार छोडाउन सभाको तर्फबाट सरकारलाई आदेश दिएका छन् । यसैगरी, गणतन्त्र कार्यन्वयन भएको खुसियालीमा सरकारले १६ र १७ गते राष्ट्रिय पर्वका रुपमा दुई दिने राष्ट्रिय बिदा दिने घोषणा गरेको छ । संविधानसभा बैठकमा सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा मन्त्री परिषद बैठकको गणतन्त्र कार्यन्वयन तथा त्यस सम्बन्धि ५ निर्णय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकोतर्फबाट गृहमन्त्री सिटौलाले पेस गरेका थिए ।

No comments:

//Welcome to this blog// //Please you provide your valuable time to sign my guestbook at the base// //best of luck for visiting my blog//
Guestbook
Your name? **
Your suggestions for improving my homepage:
Is this your first visit to my homepage?
Yes
No
This message is private