Sunday, August 31, 2008

तीन उपप्रधानसहित मन्त्रिमण्डल विस्तार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। तीन उपप्रधानमन्त्रीसहित मन्त्रीहरुको सँख्या थपेर २३ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको हो। नवनियुक्त भएका मन्त्रीहरुलाई आइतबार प्रधानमन्त्री दाहालले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथ गराउनुभएको छ। सपथ ग्रहण समारोहमा संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु, सभाध्यक्षलगायतको उपस्थिति रहे पनि सपथ ग्रहण समारोहमा आफूहरुलाई अपमान गरेको भन्दै पत्रकारहरुले भने बहिष्कार गरेका छन्। माओवादीबाट सपथ लिएका मन्त्रीहरुमा मातृका यादव–भूमिसुधारमन्त्री, पम्फा भुसाल–सामान्य प्रशासन, हिसिला यमी–पर्यटन, लेखराज भट्ट–श्रममन्त्री, गोपाल खुम्बु–संस्कृति तथा राज्यपुनर्संरचनामन्त्री छन्। यस्तै जनमोर्चाका गिरिराजमणि पोखरेल–स्वास्थ्यमन्त्री, सद्भावनाका राजेन्द्र महतो–वाणिज्य तथा आपूर्ति, नेकपा संयुक्तका गणेश शाह–विज्ञान तथा प्रविधि र नेकपा मालेका–डम्बरबहादुर श्रेष्ठ छन्। सत्ता साझेदार मुख्य तीन दलहरुको एक–एक जना उपप्रधानमन्त्रीसहित आइतबार दोस्रो चरणको मन्त्रिमण्डल विस्तार भएको हो। माओवादी, एमाले र फोरमका शीर्ष नेताहरुवीच भएको सहमतिअनुसार तीन वटै पार्टीका १–१ जना उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डललाई पूर्णता दिइएको हो। एमालेले मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीसहित दोस्रो वरीयता पाउने छ भने माओवादी र फोरमको पनि एक–एक वटा उपप्रधानमन्त्री रहने छन्। मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्रीको व्यवस्था भएको यो पहिलो पटक हो। नवनियुक्त मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन्। यसैबीच मन्त्रिपरिषदको बैठकले मन्त्रालयलाई कामको प्रकृतिअनुसार छुट्याउने निर्णय गरेको छ। बैठकले उद्योग र वाणिज्यमन्त्रालयलाई छुट्टाछुट्टै बनाएको छ। त्यसै गरी शिक्षामन्त्रालयअन्तर्गत रहेको खेलकुदलाई अहिले युवा मन्त्रालयसँग राखिएको छ भने शिक्षामन्त्रालय छुट्टै बनाइएको छ। यस्तै संस्कृति तथा राज्य पुनर्संरचना, कानुन न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालय थप गरिएको छ। बैठकले मन्त्रीहरुले विदेश भ्रमणमा पाउने भैपरी र भ्रमण भत्तालाई खारेज गरेको र सरकारले वैदेशिक अनुदानलाई स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो।वीकली नेपालबाट लिएको समाचार

No comments:

//Welcome to this blog// //Please you provide your valuable time to sign my guestbook at the base// //best of luck for visiting my blog//
Guestbook
Your name? **
Your suggestions for improving my homepage:
Is this your first visit to my homepage?
Yes
No
This message is private