Saturday, September 6, 2008

सरकारद्वारा हलियाप्रथा उन्मूलनको घोषणा

सरकारले शनिबारबाट लागू हुने गरी हलिया प्रथाको उन्मूलनको घोषणा गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले हलियाका सबै ऋण स्वतः मिनाहा हुने गरी हलिया मुक्तिको घोषणा गरेको हो।मुक्तिको माग गर्दै राजधानीको माइतीघरस्थित मण्डलामा नौ दिनदेखि हलियाहरुले धर्ना दिएका थिए। शान्ति तथा पुनर्निर्माण मन्त्री जनार्दन शर्माले मण्डलामै गएर हलिया राम बहादुरलाई अबिर लगाएर हलिया मुक्तिको घोषणा गर्नुभयो। यसअघि शुक्ररबार बेलुकी शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको हलियाको मुक्ति तथा पुनर्स्थापनासम्बन्धी पाँचबुँदे सहमति भएको थियो। सहमतिपत्रमा हलियाका सबै ऋण मिनाहा गरेर मुक्तिको घोषणा गर्ने, आन्दोलनरत हलियाहरुको माग पूरा गर्न कार्यदल गठन गर्ने र मुक्त भएका हलियालाई जमिनदारबाट हुनसक्ने खतरालाई ध्यान दिँदै सुरक्षाको व्यवस्था गर्ने उल्लेख छ। यसैगरी कार्यदलले मुक्त हलियाको पुनर्स्थापनाका लागि १५ दिनभित्र प्याकेज तयार गर्ने र बदलामा मुक्त हलियाहरुले आन्दोलन फिर्ता लिने सहमति पनि भएको थियो। सहमतिअनुसार आजै श्रम, भूमिसुधार र शान्तिमन्त्रालयका १–१ जना तथा मुक्त हलियाका तर्फबाट ६ जना प्रतिनिधि रहने गरी नौ सदस्यीय कार्यदलसमेत गठन गरीएको छ। मध्य र सुदूरपश्चिमका जिल्लाहरुमा बँधुवा मजदुरको रुपमा हलिया राख्ने चलन छ। वीकली नेपालबाट लिएको समाचार

No comments:

//Welcome to this blog// //Please you provide your valuable time to sign my guestbook at the base// //best of luck for visiting my blog//
Guestbook
Your name? **
Your suggestions for improving my homepage:
Is this your first visit to my homepage?
Yes
No
This message is private