Tuesday, September 16, 2008

सन् १९५० मा नेपाल र भारतबीचको सन्धि पुनरावलोकन

३१-भदौ-२०६५,मंगलवार काठमाडौं। नेपाल र भारतबीच सन् १९५० मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि पुनरावलोकन गरी नयाँ सन्धि प्रतिस्थापन गर्न दुई देशबीच संयुक्त कार्यदल बनाइने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा आज संयुक्त रुपमा सार्वजनिक गरिने दुई देशबीचको सहमतिमा यस्तो उल्लेख रहेको स्रोतले बताएको छ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी डा. मनमोहन सिंहबीच १५ बुँंदे सहमति भएको र भाषागत असहमतिका कारण वक्तव्य आउन नसकेको बताइएको छ। सन्धि पुनरावलोकन गर्न एक महिनाभित्र गृह, परराष्ट्र, वाणिज्य र जलस्रोत सचिवस्तरको बैठक बस्ने र त्यसले सन्धिको पुनरावलोकन गर्ने सहमति भएको छ। भारतले नौमुले विद्युत् आयोजनामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै दुई सय ४५ मेगावाट जलविद्युत् परियोजना उपहारस्वरुप बनाइदिने सहमति जनाएको पनि स्रोतले जनाएको छ। कोसीबाँध पीडितहरुको सहयोगका लागी भारतले २० करोड रुपैयाँ सहयोग र पेट्रोलियम पदार्थको आपूर्तिका लागि एक अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। हिजो नै संयुक्त वक्तव्य आउने भनिए पनि प्रधानमन्त्री प्रचण्ड राजनीतिक भेटघाटमा व्यस्त रहेकाले संयुक्त वक्तव्य आज सार्वजनिक गरिन लागेको हो। यसैबीच प्रधानमन्त्री प्रचण्ड आज पनि राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ। उहाँले आज बिहान सूचना र प्रविधिको शहर ब्याङ्लोरको भ्रमण गर्दै हुनुहुन्छ। त्यहाँ रहँदा उहाँले भारतीय अन्तरिक्ष अनुसन्धान संगठनको निरीक्षण गर्नुका साथै भारतीय उद्योग परिसंघले आयोजन ागर्ने कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ। प्रधानमन्त्रीको आजै साँझ ६ बजे कर्नाटाक राज्यका मुख्य मन्त्रीले आयोजना गर्नुभएको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ। बैंग्लोरबाट प्रधानमन्त्री दाहाल भोलि बिहान नयाँदिल्ली फर्कने र भोलि नै स्वदेश फर्कने कार्यक्रम रहेको छ।वीकली नेपाल बाट लिएको न्यूज़!!!!!!

No comments:

//Welcome to this blog// //Please you provide your valuable time to sign my guestbook at the base// //best of luck for visiting my blog//
Guestbook
Your name? **
Your suggestions for improving my homepage:
Is this your first visit to my homepage?
Yes
No
This message is private