Wednesday, September 10, 2008

विश्वका वैज्ञानिकहरुद्वारा ठूलो परिक्षण सुरु

२५-भदौ-२०६५,बुधवार आजदेखि संसारमै पहिलोपटक सबैभन्दा ठूलो बैज्ञानिक परिक्षण सुरु भएको छ । विश्वका सयभन्दा बढी देशका वैज्ञानिकहरु यो परिक्षणमा सामेल रहेका छन। यस परिक्षणको मूल उद्धेश्य १४ अर्ब बर्ष पहिला ब्रह्माण्डको उत्पत्तिको परिस्थिको अध्ययन गर्नु रहेको छ। यसका लागि स्विटजरल्याण्ड र फ्रान्सको सिमानामा जमिन भन्दा १७५ मिटर तल २७ किलोमिटर लामो सुरुङ अर्बौं डलर खर्च गरेर पछिल्लो २० बर्ष देखि विश्वकै ठूलो प्रयोगशाला निर्माण गरिएको छ। वैज्ञानिकहरुले यस परिक्षणबाट आउने आँकडाको अध्ययन पनि बर्षौंसम्म चल्ने बताएका छन। यस परिक्षणको बिषयलाई लिएर संसारका केहि भागमा ब्ल्याक होल निर्माण हुने र यसले पृथ्बिलाई खतरा हुने केहिको अनुमान रहेको छ। तर यससँग सम्बन्धित बैज्ञानिकहरुले यसको प्रयोग पूर्णरुपमा सुरक्षित हुने र कुनैपनि असर नपर्ने जनाएका छन। यो परिक्षण नेपाली समय अनुसार आज दिउँसो सवा १ बजेबाट सुरु भएको हो । यस प्रयोगका लागि प्रोटोनलाई एउटा गोलाकार सुरुङ्भित्र दुई बिपरित दिशाबाट पठाईने छ। यसको गति लगभग प्रकाशको गतिसँग बराबर हुनेछ भने प्रोटोनले एघार हजार भन्दाबढि परिक्रमा पूरा गर्ने बैज्ञानिकहरुले बताएका छन। यस प्रक्रियाको समयमा प्रोटोनहरु केहि मह्त्वपूर्ण स्थानमा आपसमा ठक्कर खानेछन र यो बिचमा ६० करोड भन्दाबढि घट्ना हुने बताइएको छ। यसबेला प्रतिसेकेण्ड सय मेगाबाईट भन्दाबढि आँकडालाई एकत्रित गर्न सकिने र यसबाट ब्रह्माण्ड कसरी बनेको हो त्यसको रहस्य पत्ता लाग्ने बैज्ञानिकहरुको भनाई छ।वीकली नेपालबाट लिएको न्यूज़

No comments:

//Welcome to this blog// //Please you provide your valuable time to sign my guestbook at the base// //best of luck for visiting my blog//
Guestbook
Your name? **
Your suggestions for improving my homepage:
Is this your first visit to my homepage?
Yes
No
This message is private