Wednesday, May 28, 2008
राजतन्त्र बिदा, मुलुक अब संघीय गणतान्त्रिक
नेपाल अब संघीय गणतान्त्रिक मुलुक भएको छ । संविधानसभाको जेठ १५ गते भएको पहिलो बैठकले 'गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस्' भन्ने मन्त्री परिषदको प्रस्ताव जेठ १५ गते राती ११ बजेर २५ मिनेट जाँदा बहुमतले पारित गरेपछि नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको हो । संविधानसभा बैठकमा उपस्थित ५६४ सदस्यमा प्रस्तावको पक्षमा ५६० र बिपक्षमा ४ जना सभासदले मतदान गरेका थिए । सरकारको प्रस्तावको पक्षमा राप्रपा नेपालका सभासदबाहेक सबै सभासदले मतदान गरेको थिए । संविधानसभा बैठकले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र भएको प्रस्ताव पारित गरेपछि बैठकको अध्यक्षता गरिरहेका जेष्ठ सभासद केबी गुरुङले पूर्व राजा ज्ञानेन्द्र शाहलाई १५ दिनभित्र नारायणहिटी दरबार छोडाउन सभाको तर्फबाट सरकारलाई आदेश दिएका छन् । यसैगरी, गणतन्त्र कार्यन्वयन भएको खुसियालीमा सरकारले १६ र १७ गते राष्ट्रिय पर्वका रुपमा दुई दिने राष्ट्रिय बिदा दिने घोषणा गरेको छ । संविधानसभा बैठकमा सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक गणतन्त्र कार्यन्वयनको प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी बैठकमा मन्त्री परिषद बैठकको गणतन्त्र कार्यन्वयन तथा त्यस सम्बन्धि ५ निर्णय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकोतर्फबाट गृहमन्त्री सिटौलाले पेस गरेका थिए ।
Thursday, May 15, 2008
६ सय १ लाई पाल्ने खर्च अर्बमा
देश सानो भए पनि सबैको भाषणमा कुरा ठूला, काममा कुरा धेरै गर्ने देश नेपालमा संविधान बनाउन पनि ठूलो टोलि गठन गरिएको छ। ६ सय १ को जम्बो टोलिलाई पाल्न पनि ठूलो धनरासी खर्चनु पर्ने भएको छ।
६ सय १ को टोलिका प्रत्येक सदस्यहरुलाई राष्ट्रले दिनुपर्नै सुविधाहरू:-
मासिक
– पारिश्रमिक १८ हजार २ सय ४०
– धारा विजुली १ हजार २ सय ४८
– टेलिफोन २ हजार
– आवास ६ हजार ५ सय
– मसलन्द १ हजार
– पत्रपत्रिका ३ सय
– निजी सचिवालय ९ हजार
अन्य सुविधाहरु
– बैठक भक्ता २ सय (प्रतिबैठक)
– यातायात १ सय ७५ (प्रतिबैठक)
– जिल्ला भ्रमण खर्च : एक महिनाको पारिश्रमिक
– फर्निचरः १५ हजार
– विदेश भ्रमणः १ सय ५० युए डलर (प्रतिदिन)
– स्वदेश भ्रमण ५ सय (प्रतिदिन)
– दशैखर्चः एक महिनाको पारिश्रमिक (प्रतिदशै)
त्यसैगरी संविधानसभाका अध्यक्ष, उपाध्यक्ष, दलहरुका नेता र सचेतकहरुको सुविधा सदस्यहरुको भन्दा डेढ गुना बढि हुने गर्दछ।
Thursday, May 8, 2008
ओलम्कि ज्योति सगरमाथामा, चीनद्वारा नेपाललाई धन्यवाद
चीनको राजधानी बेइजिङमा आयोजना हुन लागेको ओलम्पिक खेलको पूर्वसन्ध्यामा ओलम्पिक ज्योति विश्वको सर्वोच्च शिखरमा पुर्याउन सहयोग गरेकोमा चीनले नेपाललाई धन्यवाद दिएको छ। नेपाल सरकारलाई धन्यवाद दिँदै चिनियाँ प्रधानमन्त्रीले पठाउनुभएको पत्र बिहीबार नेपालका लागि चिनियाँ राजदूत जाङ जियालिनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हस्तान्तरण गर्नुभएको छ। चिनिया प्रधानमन्त्रीले पत्रमार्फत यस कार्यले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताउनुभएको छ। प्रधानमन्त्री कोइरालाले चिनियाँ राजदूतमार्फत चीनका प्रधानमन्त्री तथा राष्ट्रपतिलाई ओलम्पिक खेलको सफलताको कामना गर्दै पत्र पठाउनुभएको बालुवाटारस्रोतले बताएको छ।
Saturday, April 12, 2008
सबैलाई हँसाउने चंखेको निधनमा रुने कोही भएन
विदुर गिरी, (काठमाडौं)। मनभरि जति पीडा र वेदना भए पनि सधैं सबैलाई हँसाएर चंखेका रूपमा परिचित ख्यातिप्राप्त हास्य अभिनेता गोपालराज मैनालीको निधनमा आँसु झार्ने कोही भएन। निमोनियाले गाँजेपछि ४२ दिनदेखि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका मैनालीको शनिबार राति साढे बाह्र बजे अस्पतालमै निधन भएपछि उहाँका पछाडि रुने कोही भएन। उहाँकी श्रीमती सरिता र नायिका छोरी सज्जा मैनाली अमेरिकामा र जेठी छोरी सच्ची तथा बुहारी पनि विदेशमा रहेकाले आफ्ना परिवारसँग जीवनका अन्तिम कुरा गर्ने मौकासमेत मैनालीले पाउनु भएन। जीवनको अन्तिम समयमा उहाँका भावना साट्ने र स्याहारसुसार गर्ने सहयोगीका रूपमा केवल उहाँका एकमात्र छोरा सजीव मात्र भेटिए। बाबु अचेत भएर अस्पतालको शय्यामा पल्टिरहँदा सजीवकै भर थियो मैनालीलाई। भेन्टिलेटरको सहायतामा जीवन र मृत्युसँग लडिरहनुभएका मैनाली घरी अचेत हुने त घरी होसमा आउने गरिरहनुभएको थियो। यति चाँडै बाबुलाई दागबत्ती दिनुपर्ला भन्ने सजीवलाई लागेकै थिएन। ँहिजोमात्र बुबा होसमा आउनुभएको थियो, बोल्न थाल्नुभएको थियो। ब्रस पनि आफै गर्नुभएको थियो तर आजै यस्तो भइदियो’ -मैनालीको निधनपछि अस्पतालको मूल ढोकामा उभिएर नेपाल समाचारपत्रसँग सजीवले भन्नुभयो। चिकित्सकले मैनालीको निधन भएको घोषणा गर्नासाथ उहाँका आफन्तजन र छरछिमेकी अस्पतालमा भेला भएका थिए। उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठान वा कतै राख्ने सल्लाह भएको थियो। तर मैनालीकै साली ममताले ँहामीलाई मिडिया र कलाकारको मतलब छैन, हाम्रो मान्छे हो, हामी आफ्नै हिसाबले तुरुन्तै दाहसंस्कार गर्छौं’ भन्दै कड्किएपछि उहाँलाई एउटा जीपमा राखेर पशुपति आर्यघाट पुर्याइएको थियो।
Subscribe to:
Posts (Atom)
